२०८१ चैत्र ११ गते सोमवार

घोराहीबाट आठ जना जुवाडे पक्राउ



१४ फागुन,घोराही ।
दाङमा ६४ हजार रुपैया सहित ८ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका वडा नंम्वर ८ सेवार स्थित सुरेन्द्र सेनको घरमा जुवा खेलीरहेको भन्ने सुचनाको आधारमा प्रहरी टोलीले ८ जना जुवाडेलाई प्रक्राउ गरेको हो ।

सेनको घरको दक्षिण तर्फको कोठामा जुवा खेलीरहेको अवस्थामा ६४ हजार ३ सय रुपैयाँ, तासको गड्डी नखोलेको ३ थान, खोलेको २ थान र जुवा खेल्न प्रयोग भएको गलैचा १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा घोराही ८ का २८ वर्षीय तिलक वली, ३५ वर्षीय शरद रावत, ३० वर्षीय समिर खड्का, ३५ वर्षीय सुरेन्द्र चौधरी, २१ वर्षीय यादव राना, ४४ वर्षीय शिवु रावत, ४० वर्षीय रेशम वली र घरधनी सुरेन्द्र सेनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका सबै घोराही ८ सेवारकै रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्