२०८२ बैशाख १८ गते बुधवार

बिद्यालयको जग्गामा निर्माण कार्य रोक्न ध्यानाकर्षण



१४ फागुन,दाङ ।
घोराही उपमहानगरपालिका ७ मा रहेको रात्रि प्राविको प्रांगणमा हुन लागेको पक्की संरचना निर्माण कार्य रोक्न जिल्ला प्रशासन कार्यालयको ध्यानार्कषण गराइएको छ ।

वडा नम्वर ७ शुक्रवारका प्रेमा चौधरी र उहाँका छोरा सुशील चौधरीले विद्यालयको जग्गा अतिक्रमण गरी पक्की संरचना निर्माण गरिरहेको भन्दै स्थानीय गोविन्द सुवेदीले जिल्ला प्रशासन कार्यालयको ध्यानार्कषण गराउनुभएको हो ।

उहाँले विद्यालयको प्रांगणमा भइरहेको निर्माण कार्य तत्काल रोक्न प्रशासन समक्ष माग गर्नुभएको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्