२०८१ चैत्र १३ गते बुधवार

सरस्वती मावि भरतपुरमा किशोरी क्लव गठन



१४ फागुन,घोराही ।
सरस्वती माध्यमिक विद्यालय काठेकोहल घोराहीमा विद्यालय शिक्षा स्वास्थ्य सुरक्षाको सचेतना जगाउन किशोरी क्लव गठन गरिएको छ । छात्राहरु मार्फत महिनावारी बारे जानकारी दिने र प्याड प्रयोगबारे सचेतना फैलाउने उदेश्यले मावि काठेकोहलमा किशोरी क्लव गठन गरिएको हो ।

महिनावारीका बेला पनि किशोरीहरुलाई नियमित विद्यालय आउने बनाउन, महिनाबारीबारे छात्राहरुलाई र उनीहरु मार्फत परिवार र समाजमा समेत जानकारी दिने गरि क्वल गठन गरिएको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिनुभयो ।

कक्षा ६ देखि १० कक्षासम्म पढ्ने छात्राहरुको आज भएको भेलाबाट विद्यालयमा रोज बहिनी किशोरी क्लव गठन गरिएको हो । छात्राहरुलाई महिनाबारीका बेला एक जना छात्रालाई १६ वटा प्याड विद्यालयले निशुल्क रुपमा उपलब्ध गराउने विद्यालयले जनाएको छ ।

महिनाबारीका बेला हुने लापरवाहीले महिलाहरुमा क्यान्सर लगायतका प्राणघातक रोगको जोखिम हुने भन्दै विद्यालयतहबाटै सजकता अपनाउन शुरु गरिएको प्रधानाध्यापक पौडेलको भनाई छ ।

कक्षा ८ मा अध्ययनरत छात्रा सरिता रानामगरको अध्यक्षतामा कक्षा ६ देखि १० सम्म पढ्ने छात्राहरुलाई सहभागि गराएर १५ सदस्यीय किशोरी क्लव गठन गरिएको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्