२०८१ चैत्र १० गते आइतवार

लुम्विनी प्रदेश सरकार द्धारा निशुल्क लोक सेवा तयारी कक्षा



१४ फागुन,घोराही ।
लुम्विनी प्रदेश सरकारले दाङको घोराहीमा गरिव तथा विपन्न युवा युवतीहरुलाई निशुल्क लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम मार्फत घोराही उपमहानगरपालिका भित्रका ३५ जना युवा युवतीहरुलाई लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको हो ।

एपेक्स कम्युटर सेन्टरले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको छ । लोक सेवा तयारी कक्षा पढ्ने ती ३५ जनाले पैसा तिनु नपर्ने र तीन महिना सम्म पढ्ने अबसर पाएका हुन् । तयारी कक्षाको उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मेहनत गरे मात्रै जीवनमा सफल हुने बताउनुभयो ।

अनुशासित, लगनशिल र मेहनती बन्न आग्रह गर्दै भोलीको दिनमा असल राष्ट्र सेवक कर्मचारीका रुपमा आफुलाई स्थापित गर्न सुझाब दिनुभएको छ । पढेरै जीवनका हरेक पाटामा सफल हुने भएकाले मेहनत गर्न उहाँले सुझाब दिनुभयो । भनसुनका आधारमा गरीने जागिरले आफ्नो जीवन बन्न नसक्ने उहाँको भनाई छ ।
मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम घोराही उपमहानगरपालिकाको सिफारीस समिति सदस्य हुमा डिसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सहजिकरण कार्यक्रमका सहजकर्ता टीका बस्नेतले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्