२०८२ बैशाख १० गते मङ्गलवार

घोराहीमा आयोडिन नुनको महत्व बुझाउदै सरकार



१४ फागुन,घोराही ।
स्वास्थ्यका लागि आयोडिन नुनको महत्व र आबस्यकताका बारेमा घोराही उपमहानगरपालिका वडा नम्बर ११ बाँसगजेरीका सुनौलो हजार दिनका आमाहरुलाई जानकारी गराईएको छ ।

घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रर्बद्धन शाखा, सुआहारा र साल्टट्रडिङ कर्पोरेशन लिमिटेड दाङ शाखाले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरि गर्भवती भए पछिका एक हजार दिने आमाहरुलाई आयोडिन नुन प्रदान गर्दैै यसको महत्वका बारेमा जानकारी गराईएको छ ।

शरिरलाई आबस्यक पर्ने आयोडिन नुनको अभाबले शरिरीक र मानसिक अबस्थामा पार्ने असरका बारेमा जानकारी गराउदै सुत्केरीहरुलाई पोषक खाद्य सामाग्रिहरु समेत प्रदान गरिएको छ ।

वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामीछानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले आयोडिन नुनको सेवनमा सबैको पहुँच पुगेको तर महत्व नबुझेको बताउनुभयो । सबै दुई बालबालिकाको चित्र भएको पोकामा रहेको आयोडिन युक्त नुनको प्रयोग गर्न समेत सबैलाई उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, साल्ट ट्रेडिङका प्रमुख आनन्दकुमार न्यौपाने, शिबपुर शहरी स्वास्थ्य केन्द्रका प्रमुख तुलाराम रानाले आयोडिन नुनको महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।।

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्