१४ फागुन,घोराही ।
दाङमा एक शिक्षक आफ्नै घरको आगंनमा मृत अवस्थामा फेला परेका छन् ।
घोराही उपमहानगरपालिका–१० सौंडिकुला निवासी अन्दाजी ४३ वर्षीय श्रीधर घिमिरे आफ्नै घरको आँगनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।
मृतक घिमिरे लमडरुवा माध्यामीक विद्यालका सहायक प्रधानाध्यापक समेत रहेको उहाँको भनाई छ । बच्चा सहित श्रीमती माइत गएकोले उनी हिजो राति घरमा एक्लै रहेको प्रहरीले बताएको छ ।
साथै उनको घरको दोस्रो तल्लाबाट लडेरे मृत्यु भएको हुन सक्ने अनुमान गरेको जनाइएको छ । घमिरेको कोठाको प्रकृति हेर्दा राति उनले मदिरा सेवन गरेको प्रहरीको भनाइ छ ।
मदिरा सेवन गर्दै गर्दा शौचालय जाने क्रममा उनी घरको दोस्रो तलाबाट लडेर मृत्यु भएको हुन सक्ने डिएसपी रिजालले जानकारी दिनुभएको छ । साथै घट्नाबारे थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभएको छ ।।