१४ फागुन,घोराही ।
शुक्रबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले घटेर ८८ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाला सुन तोलाको ८९ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ३५० रहेको छ । त्यसैगरी आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार