२०८१ चैत्र ११ गते सोमवार

बसमा छुटेको ४ लाख रुपैयाँ फेलापारि सल्यान प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझायो



१३ माघ,सल्यान ।
बसमा छुटेको नगद ४ लाख रुपैयाँ सल्यान प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । उक्त रकम सिद्दकुमाख गाउँपालिका वडा नम्बर ४ खारबनका २४ वर्षीय मान बहादुर रोकाको रहेको प्रहरीले जनाएको छ । उनी नगद ४ लाख रुपैयाँ बोकी श्रीनगर बजारबाट ५ बजे नम्बर थाहा नभएको बसमा झोला बिर्सेर ढोरचौर झरेका थिए ।

उक्त रकम रहेको झोला बसमा छुटेकोथाहा पाएपछि तत्काल रोकाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले चेकजाँच गर्दैजादा ना.५ख ७७६१ नम्बरको बसमा नगद चार लाख सहितको कालो झोला फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्ष्म्ण वलीले जानकारी दिएका छ्न ।
उक्त फेला पारेको रकम सिद्दकुमाख गाउँपालिका वडा नम्बर ४ खारखन स्थित जलश्रोत उपभोक्ता समिति निर्माण योजनाको पहिलो किस्ताको हो भन्ने बुझिएको छ । उक्त रकम समितिका सचिव मान बहादुर रोकालाई भरपाई गरी बुझाईएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रबक्ता वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्