२०८१ चैत्र ११ गते सोमवार

भिषण आगलागीबाट २४ घर जलेर नष्ट,आगलागी नियन्त्रण बाहिर



१३ माघ,जुम्ला ।

जुम्लाको तिला गाउँपालिकाको पोख्रि गाउँमा भिषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले अहिलेसम्म आगलागीबाट २४ वटा घर जलेर नष्ट भएको बताएको छ । प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार आगलागी नियन्त्रण बाहिर रहेको छ ।

गाउँ सदरमुकामबाट टाढा भएकोले प्रहरी र सशस्त्र प्रहरीको टोलि घटनास्थल तर्फ जाँदै गरेको डिएसपी काफ्लेले बताए । ‘हामीले जिल्लाबाट टोली पठाएका छौ । मँगलबार साँझ साढे ६ बजे मात्रै हामीलाई खबर भयो,आगलागि के कारण ले भयो खुल्न सकेको छैन ।’ उनले भने ‘स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् । त्यहाँ पानीको पनि उपलब्धता नभएको समस्या भएको बुझिएको छ । आगलागीको कारण पनि पत्ता लागेको छैन ।’ काठैकाठको घरहरु बढि भएकोले आगलागी भएको आशंका गरिएको छ ।

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्