१३ माघ,घोराही ।
घोराहीमा जारी चौथो मेयरकप रनिङ फुटबल खेलमा वडा नम्वर १३ र १५ का खेलाडीहरु अन्तिम खेलमा पुगेका छन् । नवलपुर मैदानमा मंगलबार भएको सेमिफाईनलका दुई खेलमा जित हात पर्दै वडा नम्बर १३ र १५ का खेलाडीहरु अन्तिम खेलमा पुगेका हुन् । आज भएको सेमिफाईनलको खेलमा वडा नम्बर १८ लाई वडा नम्बर १५ ले १ का बिरुद्ध २ गोलले पराजित गरेको हो । निर्धारित समयमा दुबै वडाका खेलाडीहरुले गोल गर्न नसकेपछि पेनाल्टि सुटआउट मार्फत गोल भएको हो । पेनाल्टिमा सुटआउटमा वडा नंम्वर १८ का तिलक महराले एक गोल गर्नुभएको हो भने विजयी वडा नम्बर १५ को तर्फबाट सविन वली र मनोजमणी महराले एक/एक गोल गरे संगै वडा नम्बर १५ अन्तिम खेलमा पुगेको खेल व्यवस्थापक दिपक पुुनले जानकारी दिनुुभयो ।
यस्तै मंगलबार भएको सेमिफाईनलको दोस्रो खेलमा वडा नम्बर २ लाई वडा नम्बर १३ ले १ का बिरुद्ध ४ गोलले पराजित गरेको छ । वडा नंम्वर २ को तर्फबाट राजन सुनारले एक गोल गर्नु भएको हो । यस्तै विजयी वडा १३ का खेलाडीहरु विजेन्द्र घर्ती २ र बिक्रम घर्र्तीले २ गोल गरेसँगै घोराही १३ अन्तिम खेलमा प्रवेश गरेको हो । बुधबार फाईलनका लागि वडा नम्बर १३ र १५ का खेलाडी विच खेल हुनेछ ।