२०८१ चैत्र १० गते आइतवार

भोलीदेखि बबईमा जग्गा नापीको काम हुने



१३ माघ,हापुरे । बबई गाउँपालिकाले भूमि सम्बन्धी समस्या समाधानका लागि जग्गा नापीको काम भोलीदेखि सुरु गर्ने भएको छ । भूमि सम्बन्धी समस्या समाधानका लागि गठन गरिएको सहजीकरण समितिको आज बसेको बैठकले भोलीदेखि जग्गा नापी गर्ने निर्णय गरेको हो ।

बबई गाउँपालिकाको वडा नम्बर ५ रीमखोलीबाट जग्गा नापीको काम सुरु गर्ने निर्णय गरेको समितिका संयोजक एवं गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिनुभएको छ । पहिलो चरणमा रिमखोलीबाट काम सुरु गरी अन्य बस्तीबाट पनि नापीको कामलाई ब्यबस्थित गर्ने अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।

यसअघि बबई गाउँपालिकाले कार्तिक २७ गते राजधानीमा भूमि सम्बन्धी समस्या समाधान आयोगसंग सम्झौता गरी यसको समाधानका लागि काम गरेको छ । घर÷घरमा गएर जग्गाको लगत लिएको गाउँपालिकाले अब जग्गाको नापी र लिस्सा दिने काम सुरु गर्ने तयारी गरेको हो ।

भूमि सम्बन्धी समस्या समाधान आयोगले पहिलो चरणमा सात प्रदेशका १४ वटा स्थानीय सरकारसंग सम्झौता गरी काम अघि बढाएको छ । लुम्बिनी प्रदेशका दाङको बबई गाउँपालिका र रुपन्देहीको कञ्चन गाउँपालिकासंग सम्झौता गरी काम अघि बढाएको छ ।

 

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्