२०८१ माघ १२ गते शनिवार

सेन्ट्रल जाेन पुरुष भलिबलमा नेपाल श्रीलंकासंग पराजित



१० पुस, काठमाडौं :

बंगलादेशमा भइरहेकाे एसियन सेन्ट्रल जाेन पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले दाेस्राे हार बेहाेरेकाे छ । ढाकामा शनिबार भएकाे खेलमा नेपाल श्रीलंकासंग ३-१ काे सेटमा पराजित भयाे ।

श्रीलंकाले नेपाललाई २५-१८, २२-२५, २५-१६, २५-१५ को सेटमा पराजित गरेकाे हाे । श्रीलंकाकाे याे दोस्राे जित हाे । दुई खेल जितेका श्रीलंका र आयोजक बंगलादेशले ६ अंक जोडेको छ भने नेपालले ३ खेलबाट ३ अंक मात्र जोडेको छ ।

प्रतियोगितामा नेपालले आइतबार लिग चरणको अन्तिम खेलमा माल्दिभ्ससंग खेल्नेछ । ५ देश सहभागी प्रतियाेगितामा लिग चरणका खेलपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार
प्रतिक्रिया दिनुहोस्