२०८१ मङ्सिर २५ गते मङ्गलवार

भिएन क्याम्पसमा अध्ययनरत नयाँ विद्यार्थीहरुलाई स्वागत



१० पौष, घोराही –
दाङको घोराहीमा रहेको भिएन क्याम्पसले विएड प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत गरेको छ । भिएन प्राध्यापक विद्यार्थी समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।
कार्यक्रममा बोल्दै क्याम्पसका प्राचार्य एवं समितीका संरक्षक शरद कुमार आचार्यले विद्यार्थीको जिवनमा शिक्षा प्राप्तमात्र नभई व्यवहारिक र संस्कार सहितको शिक्षा आवश्यक भएको बताउनुभयो । सभ्य समाजसंगै असल राष्ट्र निमार्णको लागि विद्यार्थीको अहम भुमिका रहने भएकाले हरविद्यार्थीमा व्यवहारिक ज्ञानको जरुरत हुने उहाँको भनाई थियो ।
साथै उहाँले शिक्षक र बिद्यार्थीको दुरि शिक्षक र विद्यार्थीको जस्तो नभई साथिको जस्तो हुनु पर्ने कुरामा जोड दिनुभयो । त्यस्तै शिक्षक निशान्त आचार्यले कोरोनाको कारणले गर्दा स्वागत कार्यक्रम गर्न ढिलाइ भएको बताउनुभयो । नयाँ विद्यार्थीलाई स्वागत गर्दै उहाँले  क्याम्पसमा जोडिन आउने सम्पुर्ण विद्यार्थीहरुलाई धन्यवाद समेत दिनुभयो ।

यस्तै कार्यक्रममा क्याम्पसका प्रशिक्षकहरु प्रकाश खनाल,टोपेन्द्र गौतम, श्याम सुवेदी, मोहन बस्नेत, यज्ञबहादुर महरा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा क्याम्पसका पहिलो, दोश्रो र तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थिहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । समितीका अध्यक्ष लोकेन्द्र रिजालको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सहजिकरण विद्यार्थी रेशम भण्डारीले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार
प्रतिक्रिया दिनुहोस्