२०८१ माघ ४ गते शुक्रवार

ओलीको चेतावनी– संसद् अवरोध चुनावसम्मै हुन्छ



१० पुस, घोराही – 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा एमालेको अवरोध चुनावसम्मै रहने चेतावनी दिनुभएको छ । पार्टी विभाजन भएदेखि एमालेका सांसदहरूले सदनमा अवरोध गर्दैआएका हुन् ।

विराटनगर पुगेका ओलीले पत्रकारहरूसँग कुुरा गर्दै आफूहरूले पार्टीबाट निष्कासन गरेका व्यक्तिहरूलाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा पनि आफूहरू नजाने स्पष्ट पार्नुुभयो ।

अध्यक्ष ओलीले छिट्टै चुनाव गर्नुपर्ने समेत बताउनुुभयो । साथै सरकारले हालसम्म एमसीसीको बारेमा आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको ओलीको भनाइ छ । एमसीसीको बारेमा पहिले सरकारको धारणा आएपछि मात्रै आफूहरूले बोल्ने बताउनुुभयो ।

यसैविच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदभित्र एमालेले जात्रा देखाएको आरोप लगाउनुुभएको छ । एमालेले सदनमा माधव नेपाललाई देख्न नचाहेको भन्दै प्रचण्डले गठबन्धन तोड्ने प्रयास गरिरहेको आरोप समेत लगाउनुुभयो ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्दै प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउँदा एमाले नआएको बताउँदै अब एमाले बैठकमा नआए आफूहरु नै ओली निबास बालकोट जाने बताउनुुभयो ।।

 

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार
प्रतिक्रिया दिनुहोस्