२०८१ माघ ४ गते शुक्रवार

प्रतिष्ठानको विकासमा सरकार प्रतिबद्ध छ : पूर्व प्रधानमन्त्री नेपाल



१० पुस, घोराही –

पूर्व प्रधानमन्त्री माधबकुुमार नेपालले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीको बृद्धी विकासमा आबस्यक सहयोग तथा समन्वय सरकारले गर्ने बताउनुुभएको छ ।
प्रतिष्ठानको आज अबलोकन गर्दै पूूर्व प्रधानमन्त्री नेपालले प्रतिष्ठानलाई लक्ष्य अनुसार सञ्चालन गर्न पदाधिकारीलाई पहल लिन समेत आग्रह गर्नुभयो । प्रतिष्ठानलाई आबस्यक पर्ने जग्गाको पहिचान र प्राप्तीमा सरकारले खेल्ने भूमिकामा आफुहरु प्रतिबद्ध रहेको समेत बताउनुुभयो ।

स्थानियहरुको सहयोग लिएर प्रतिष्ठानलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने र शैक्षिक तथा उपचारलाई प्रभावकारी बनाउन उहाँले सुुझाब दिनुभयो । कार्यक्रममा प्रतिष्ठानका निमित्त उपकुलपति डा. बसन्त लामिछानेले प्रतिष्ठानको संचालन, विकास, विस्तार रे योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

सो अबसरमा नवलपुर बहुउदेश्यीय सरोकार समितिका अध्यक्ष एवं प्रतिष्ठान जग्गा व्यवस्थापन समितिका अध्यक्ष बलिभद्र रानाले घोराही १८ मा २० विघा ९ कट्ठा जग्गा प्राप्तिको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । प्रतिष्ठानको विकास र विस्तारमा राजनिति नगरी सबै क्षेत्र एक भएर लाग्नुुपर्ने देखिएको समेत स्पष्ट पार्नुुभयो ।

जग्गा सम्झौता भई स्थानिय तहमा प्रक्रिया पुर्याइ मन्त्रीपरिषद्मा लैजाने तयारी भइरहेको रानाले जानकारी दिनुभयो । उहाँले प्रतिष्ठानलाई थप जग्गा आबश्यक पर्ने भन्दै त्यसका लागि नारायणपुर, झिङ्नी र देउखुरीमा पनि जग्गा खोजीको लागि पहल भइरहेको बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार
प्रतिक्रिया दिनुहोस्