२०८१ मङ्सिर २४ गते सोमवार

लमही अस्पतालमा सेवाग्राहीको गुनासो: सिडियो रेग्मीद्धारा छड्के अनुगमन



१० पुस,घोराही –
दाङको लमही अस्पतालमा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले छड्के अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उहाँले अस्पतालमा कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले गुटबन्दी कार्वाही गर्ने बताउनुुभएको छ ।

अस्पतालमा लापर्बाहि भएको भनि सेवाग्राहीको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी रेग्मीले लमही अस्पतालकोे स्थलगत छड्के अनुगमन तथा निरिक्षण गर्नुभएको हो ।

अस्पताल संचालन तथा व्यवस्थापन गर्दा समस्या सिर्जना गर्ने केही कर्मचारी र स्वास्थ्यकर्मीको नाम लिष्ट आफ्नो हातमा परेको दाबि गर्दै उहाँले दुई दिन भित्र अस्पतालमा परिवर्तन नआए जिल्लामा झिकाएर कारर्बाहि गर्ने समेत चेतावनी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार
प्रतिक्रिया दिनुहोस्