२०८२ बैशाख ११ गते बुधवार

बबईको आधाभूत विद्यालयमा अभिभावकले गरे तालाबन्दी



१० पुस,घोराही – दाङको बबई गाउँपालिका ५ बवरपुरमा रहेको जनता आधारभूत विद्यालयमा अभिभावकहरुले तालाबन्दी गरेका छन् । विद्यालमा एकल निर्णय, पठनपाठन अस्तब्यस्त भएको भन्दै अभिभाबकहरुले विद्यालयमा तालाबन्दी गरेका हुन् ।

विद्यालय ब्यबस्थापन समितिको बैठकमा अभिभावकलाई खबर नगरी गरेको एकल निर्णय, भत्किएको पुरानो भवनमा रहेका काठ, ढोका, झ्याल र टिन हिनामिना गरेको, अभिभावक नबोलाएर लेखा परिक्षण गरेको तथा विद्यालयमा शिक्षा नीति अनुसार पठनपाठन नभएको भन्दै तालाबन्दी गरिएको अभिभावक खिमबहादुर केसीको भनाई छ ।।

अभिभावकहरुले विद्यालयमा देखिएका समस्या सामाधान नहुँदा सम्म तालाबन्दी नखोल्ने बताएका छन् । विद्यालय सुधार गर्नका लागि अभिभावकहरुले देउसी भैलो खेलेर २ लाख ५० हजार उठाएको रकम समेत हिनामिना गरेको अभिभावक केसीले बताउनुभयो । अभिभावकहरुले विद्यालयको विभिन्न समस्याहरुलाई समाधान गर्न माग राख्दै बबई गाउँपालिकाको शिक्षा शाखलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।।

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार
प्रतिक्रिया दिनुहोस्