१० पुस,घोराही ।
दाङमा १७ वर्षिया बालिका बलात्कार गरेको आरोपमा एक युवालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार बबई गाउँपालिका वडा नंम्वर ५ बगरपुर निबासी २८ वर्षिय सुनिल कुमाललाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुुर सिंहका अनुसार गएराती ९ बजे ति १७ वर्षिया युवतीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
बलात्कृत युवतीको अत्यधिक रक्तश्राव भएकाले उनको अवस्था गम्भिर भएको बताइएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि घटना स्थलमा प्रहरी परिचालन गरिएको र मेडिकल रिपोर्ट पनि आउन बाँकी रहेको प्रहरीले बताएको छ ।।