१० पुस,घोराही । सल्यानमा एक जना युवाको मृत्यु भएको छ । शुक्रबार साँझ बसको छतबाट सामान निकाल्दै गर्दा गाडी सह–चालकको करेन्ट लागेर मृत्यु भएको हो ।
दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ दहखोला जाँदै गरेको ना ८ ख २९६२ नम्बरको रोकि राखेको बसको छतबाट यात्रुको सामान निकाल्दै गर्दा विद्युतको करेन्ट लागेर सोहि बसका सह-चालकको घटनास्थलमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मृत्यु हुने सह-चालक दाङको दंगीदरण गाउँपालिका निवासी २१ वर्षीय हिमेन्त डाँगी भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार साँझ ५ बजे छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरा बागबजारमा भएको हो ।