१० पुस, दाङ । बलात्कार गरेको आरोपमा तुलसीपुरमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर पालिका–७ मटेरा निबासी २८ बर्षका रमण ओली रहेको ईलाका प्रहरी कार्याल तुलसीपुरले जानकारी दिएको छ ।
पिडित महिलाले हिजो जाहेरी दिएपछि प्रहरीले ओलीलाई पक्राउ गरेको हो । ओलीले २०७७ भदौ २५ गते २० बर्षकी एक युवतीलाई बलात्कार गरेको आरोप लागेको छ । पिडितले जाहेरी दिएको आधारमा ओलीलाइ पक्राउ गरेको डिएसपी शिव बहादुुर सिंहले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७७ पुष १० गते शुक्रवार