२०८१ चैत्र १३ गते बुधवार

सवारी कारवाहीबाट दुई दिनमा पचास हजार राजश्व संकलन



१० पुस,रुकुम पश्चिम ।

रुकुम पश्चिममा बुधबार र बिहीबार गरि दुई दिनमा ४८ वटा सवारी साधन कारवाहीमा परेकाछन ।। जिल्ला ट्राफिक प्रहरी कार्यालयले बुधबार र बिहिवार रुकुम पश्चिमको विभिन्न ठाउँमा गरेको छड्के चेकजाँच क्रममा रुकुम पश्चिम खलंगाको त्रिवेणि चोक , र छिवाङ , सिम्रुत , पातुखोला सोलाबङ लगायतको प्रमुख नाकाहरुमा चेक गर्दा ४८ वटा सवारी साधन कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमका ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक लक्ष्मण बिकले बताए । उक्त कारबाही बाट ५० हजार राजश्व संकलन भएको बिक भनाई छ ।

लाइसेन्स बिल बुक नराखि , लापरवाही गरेर चलाएका १५ वटा ट्याक्टर कारबाहीबाट १५ हजार ५ सय साथै ८ वटा जीपबाट ९ हजार र २० वटा मोटरसाईकल बाट २० हजार पाच सय र ५ वटा ट्रक बाट ५ हजार कारवाही गरिएको ट्राफिकले जनाएको छ । लाईसेन्स, बिल बुक लगायतका कागजपत्र नबोक्ने, लापरवाही पूर्ण तरिकाले चलाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने र अनैतिक कियाकलाप ले चलाएका सवारी साधनलाई कारवाही गरीएको ट्राफिक प्रमुख बिक बताउछ्न । जिल्ला ट्राफिक जनशक्तिको अभावले चेकजाँच गर्नलाई समस्या भएको थियो । जस्मा जिल्लामा पहिला ४ जना ट्राफिक जनशक्ति हुर्दा चेकजाँच गर्नलाई समस्या हुदै आएको ट्राफिक प्रमुख बिक बताएका छ्न ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनशक्ति क्रम भएको भन्दै प्रदेश ट्राफिक प्रमुख एसपी राकेश सिङले अहिले जिल्लामा ट्राफिक गर्नलाई सहज होस भनि जिल्लामा थप ट्राफिक प्रहरी समेत खटाएको ट्राफिक प्रमुख बिकले जनाएका छ्न । अहिले जिल्लामा ७ जनाको ट्राफिक जनशक्ति रहेको छ । जिल्ला लगायतका कारण लामो समयसम्म हुन नसकेको छड्के चेकिङलाई ट्राफिक प्रहरीले पुनः सुरु गरेको बताएको छ । सवारी चलाउँदा चरम लापरवाही गरि दुर्घटना बढि हुने बन्दै चेकिङलाई कडाइ साथ अगि बढने ट्राफिक प्रमुख लक्ष्मण बिकले जानकारी दिएका छ्न। जिल्लामा नियम उल्लंघन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेको बिक भनाई ।तसथ जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले बुधबार र बिहीबार गरि दुई दिनमा पचास हजार राजश्व संकलन गरिएको हो ।

प्रकाशित मिति : २०७७ पुष १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्