९ मंसिर,सल्यान –
सल्यान जिल्ला कर्णाली प्रदेशकै बढि घटना हुने दोस्रो जिल्लाको रुपमा रहेकोे प्रहरीको अध्ययनले देखाएको छ । प्रहरीको अध्ययन अनुसार सल्यान जिल्ला प्रदेशकै सुर्खेत पछि बढि घटना हुने दोस्रो जिल्लाको रुपमा रहेको देखिएको हो ।
चार जिल्लासँग सिमाना जोडिएको जिल्ला भएकाले विभिन्न अपराधिक तथा दुर्घटनाका घटना बढी हुने गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
बढी अपराधिक घटना हुनुमा मदिरा, बालविवाह, बहुविवाह, बैदेशिक रोजगारी मुख्य कारण रहेको छ । यस्तै चालकको लापरवाही र सडकको स्तरउन्नती नहुँदा सडक दुर्घटनाका घटना बढी रहेको देखिएको छ ।
चालु आर्थिक वर्षको साउन महिना देखि हालसम्म ५ बहुविवाहका, जवरजस्ती करणीका ७, करणी उद्योगका ५ घटना घटेको प्रहरीको भनाई छ । जिल्लामा बढी मात्रामा अपराधिक घटना दर्ता भएको जनाइएको छ ।।