१० मंसिर । महिला हिंसा बिरुद्धको सोह्र दिने अभियान अन्तर्गत बबई गाउँपालिकामा सुरु भएको छ । बबई गाउँपालिकाको आयोजना र विभिन्न संघसस्थाको सयुक्त आयोजनामा अभियान सुरु भएको हो ।
अभियानको बबई गाउँपालिकाका उपाध्यक्ष साबित्रा बिश्वकर्माले उद्घाटन गर्नुभएको हो । पालिकाको वडा नम्बर ७ को सिमलकुनामा अभियानको सुरुवात गरिएको हो । कार्यक्रममा स्थानीय अन्तरपार्टी महिला सञ्जालका पदाधिकारी, मेलमिलापकर्ता, स्थानीय आमा समुहका सदस्य एवं सर्बसाधरणको सहभागीता रहेको थियो ।
कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख ईश्वरा रावत, ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख कृष्णबहादुर खड्का, आइएनएफका कृष्ण वलीले सहभागी महिलाहरुलाई अभिमुखीकरण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सुआहारा कार्यक्रमका लक्ष्मी भण्डारीले गर्नुभएको थियो ।
यसबर्ष बबई गाउँपालिकाले प्रत्येक वडामा पुगेर अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म सोह्र दिने अभियान सञ्चालन हुदै आएको छ ।