१० मंसिर ।
कोरोना संक्रमणबाट दाङकी एक महिलाको कोहलपुरमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ की ७७ बर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मंगलबार राति सवा १२ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
स्वास्थ्यमा समस्या आए पश्चात् मंसिर ५ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी उनको कोभिडको आशंकामा त्यसै दिन स्वाब संकलन गरिएको थियो । मंसिर ६ गते उनमा कोरोना पुष्टि भएको थियो ।
विरामीकोे रोगको प्रकृतिअनुसार उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि उनको मंगलबार राति मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।
यो संगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।