१० मङ्सिर । नेपाल मगर युवा संघ तुलसीपुरका अध्यक्ष तथा समाजसेवी घनश्याम पुन मगरले आफ्नो जन्मदिनको अवसर पारेर खाद्यान्न, लत्ताकपडा,फलफूल सहयोग गरेका छन । मगरले तुलसीपुर ४ नयाबस्ति बस्ने १२ वर्षीय तिला पुन मगर र ६ वर्षीय टिकाराम पुन मगरलाई उक्त सामग्री सहयोग गरेका हुन् ।
२६ औं वसन्त पार गरेका मगरले आफ्नो जन्म दिनको अवसरमा परिवार विहिन साना बालबालिकालाई सहयोग गर्न पाउदा खुसि ब्यक्त गरेका हुन् । मगरले आफ्नो जन्म दिनको अवसरमा प्रत्यक वर्ष यसरी नै अरुलाई पनि सहयोग गर्दै आइरहेका छन । १२ वर्षीय तिला पुन मगर र ६ वर्षीय टिकाराम पुन मगर नया वस्तीमा एक्लै बस्दै आएका छन ।
प्रकाशित मिति : २०७७ मङ्सिर १० गते बुधवार