२०८१ चैत्र १३ गते बुधवार

आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने पक्राउ



१० मंसिर । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा श्रीमान पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-९ माछागढ बस्ने ४४ वर्षीय पुरुषलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले ४१ वर्षीया श्रीमतीलाई कुटपिट समेत गरी जबरजस्ती करणी गरेपछि ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताउको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस्