९ असोज,घोराही –
नेपाली कांग्रेस घोराही उपमहानगरको सभापतिमा तिलक रावत निर्बाचित भएका छन । उनि २८६ मत ल्याइ सभापतिमा निर्बाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वि निरज गिरिले १६२ मत प्राप्त गरे ।
जसको उपसभापतिमा प्रदिप सुवेदीले २३५ , दुर्लभ केसिले २९४ मत ल्याइ निर्बाचित भएका छन । उपसभापतिमा श्रिधर महराले २ सय मत ल्याएका थिए । त्यस्तै सचिबमा भिमकान्त चौधरी, पुष्पराज आचार्य र सहसचिबमा चेतन बस्नेत, राजकुमार बस्नेत निर्बाचित भएका छन ।
रावतको समुहलाई संविधान सभा सदस्य राजु खनाल र क्षेत्रिय सभापती भुपबहादुर डागिको समर्थन रहेको थियो । एकलरुपमा उत्रिएको सो समुहले जित हासिल गरेको हो ।।