९ असाज, काठमाडौं –
नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने स्पष्ट पारेका हुन्। यसअघि नेता गौतमले दिएको राजीनामा नेकपा एमालेले अस्वीकृत गरेपछि ओलीको नेतृत्वमा बस्न नसक्ने स्पष्ट पारेका हुन्।
वामदेवको राजीनामा अस्वीकृत गरियो भने भोलि उनलाई एमालेमा फर्काउन सकिन्छ कि भन्ने ओलीको दिमागमा लागेको हुन सक्ने गौतमको विश्लेषण छ।
गत भदौ १८ गते नेता गौतमले एमालेबाट राजीनामा दिएका थिए। राजीनामा पत्रमा उनले केपी ओलीमाथि विभिन्न १० वटा आरोप लगाउँदै एमालेमा बस्न नसकिने बताएका थिए।।
प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार