२०८१ चैत्र १० गते आइतवार

बबई गाउँपालिकाको सभापतिमा बस्नेत



९ असोज, दाङ –
नेपाली कांग्रेस बबईको सभापतिमा प्रकाश बस्नेत निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत आज भएको बबई गाउँपालिकाको निर्वाचनमा सभापतिका उम्मेदवार प्रसाराम भुषालको प्यानललाई पराजित गर्दै सभापतिमा प्रकाश बस्नेत सहित सम्पूर्ण प्यानल विजयी हुनुुभएको छ ।

सभापतिका उम्मेदवार भुषाललाई १५ मतको अन्तरमा बस्नेत विजयी भएका हुन् । बस्नेतले ६५ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिद्धन्द्धि भुषालले ५० मत लिएका थिए । यस्तै ३ मत बदर भएको नेपाली कांग्रेस बबई ५ का सभापती युवराज कडेलले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्