२०८१ माघ ७ गते सोमवार

आज दाङका थप ४ जनामा कोरोना पुष्टि



९ असोज, घोराही –
दाङमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १५ जनाको पिसिआर परिक्षण गर्दा ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा घोराहीका ३ र तुलसीपुरका १ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज दाङका ८ जना कोरोना मुक्त भएका छन् । जसमा घोराही र तुलसीपरका ३/३ जना रहेका छन् ।

आज थप ४ जना सँगै दाङमा सकृय बिरामीको संख्या ७२ रहेको छ । ति मध्य घरमा ६४ जना, ८ जना आईसियूमा रहेको केन्द्रले जनाएको छ ।

यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ७३ जना पुगेको छ । ति मध्य ८ हजार ७ सय ८६ जना निको भएका छन भने २ सय १५ जनाको मृत्युु भएको छ ।।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्