९ असोज,घोराही –
रुकुम पुर्वको पुथाउत्तरगंगा १२ कोलमा छोरीले बुवाको काजकिरिया गरेकी छिन् । देशका अन्य भागमा छोरीले आशौच बार्ने गरेका समाचार आएपनि यस भेगमा भने यो पहिलो घटना भएको स्थानीयहरुले बताएका छन् ।
छोराले मात्रै किरियामा बस्नुपर्ने समाजको मान्यतालाई तोड्दै पुथाउत्त १५ वर्षीया भावना पुन मगरले बुवाको किरिया गर्नुभएको हो । भावनाका बुवा जुनप्रसादको असोज ५ गते मृत्यु भएको थियो ।
मृतक पुनको एक मात्र छोरा रहेकोमा उनी रोजगारको सिलसिलामा विदेश गएकाले छोरी भावनाले बुवाको किरिया गरेको स्थानीयले बताएका छन् ।।
प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार