२०८१ फाल्गुन ३ गते शनिवार

तेस्रो लहरको तयारीका सन्दर्भमा दाङमा अन्तरक्रिया



९ भदौ, घोराही –
कोरोनाको तेस्रो लहरको तयारीका विषयमा घोराहीमा अन्तरक्रिया गरिएको छ ।आज त्रिभुवन नगर जेसिजको आयोजनमा तेस्रो लहरमा सबैभन्दा बढी जोखिममा बालबालिका रहेको आँकलन गर्दै दाङमा आवश्यक पुर्व तयारिको बारेमा जिल्लाका सरोकारवालाहरु संग अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले संक्रमणको तेस्रो लहरलाई ध्यान दिदै आवश्य अक्सिजन सिलिण्डर र प्रयाप्त बेडको व्यवस्था गरिरहेको बताउनुभयो । अहिले जिल्लामा ३४५ सिलिण्डर उत्पादन भईरहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुुभएका कुरुम्बाङले बालबालिकाहरुका लागि राप्ती प्रादेशिक अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० बेडको व्यवस्थापन गरिरहेको बताउनुभयो ।

जेसिजका अध्यक्ष मुकेश्वर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जिल्लामा आवश्य श्रोत साधन र जनशक्तिको अभाव हुन नदिने बताउनुभयो । साथै तेस्रो लहर आउनसक्ने जोखिम रहेको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्