२०८१ चैत्र ११ गते सोमवार

दाङमा आज ३० जनामा कोरोना पुष्टि, सकृय बिरामी १४७ जना



९ भदौ, घोराही – दाङमा आज थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५० जनाको पिसिआर र विभिन्न स्थानिय तहमा ५४ जनाको एन्टीजेन परिक्षण गर्दा १६ जना महिला र १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पिसिआर जाँचबाट घोराहीका ५, लमहीका ३, तुलसीपुरका २ र बबईका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी, एन्टीजेन परिक्षणमा तुलसीपुरका १५ जना, राप्ती र बबईका दुई दुई जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप भएका सँगै दाङमा सकृय बिरामीको संख्या १ सय ४७ जना पुगेको छ । ति मध्य घरमा १ सय २७ जना, अक्सिजन सहितको उपचारमा ५ जना र १५ जना आईसियूमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यो सँगै बैशाख यता दाङमा कोरोना संक्रमित हुनेको संख्या ८ हजार ८ सय ५७ जना पुगेको छ । ति मध्य ८ हजार ५ सय जना निको भएका छ भने २ सय ११ जनाको मृत्युभएको छ ।।

 

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्