९ भदौ, दाङ – तुलसीपुरमा एकै घरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका १५ संक्रमीत मध्य १५ महिनाका शिशुदेखि ७० वर्ष उमेर समूहका रहेको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।
संक्रमीत मध्य तुलसीपुर १ का १ जना महिला, वडा नम्बर २ का ९ जनामध्यबाट ५ जना महिला र ४ जना पुरुष, वडा नम्बर ६ का २ जना पुरुष, वडा नम्बर ७ का १ जना महिला, वडा नम्बर ११ का १ जना पुरुष र वडा नम्बर १४ का १ जना पुरुष रहेका छन् । त्यस्तै मंगलबार थपिएका संक्रमित सहित तुलसीपुरमा संक्रिय संक्रमितको संख्या ७८ पुगेको छ ।।
प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार