२०८१ चैत्र ११ गते सोमवार

नेतृत्व विहीन बन्दै तुलसीपुर क्षेत्रका खानेपानी संस्था



९ भदौ, दाङ –
तुलसीपुर क्षेत्रमा आठ हजारभन्दा बढी धारा वितरण गर्दै आएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था नेतृत्वविहीन भएको छ । बैधानिकरुपमा कार्यसमितिको अवधि सकिएको र काम चलाउ अवस्थामा रहेको समितिको कार्यसमितिका अध्यक्ष खेमराज ओलीले शुक्रबार राजीनामा दिएसंगै संस्था नेतृत्वविहीन भएको हो ।

यस्तै तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र झाँक्रीढुंगा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा कार्यसमितिको पदावधि कानुनीरुपमा समाप्त भइसकेको छ ।

तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको बैठकले खानेपानी वितरण क्षेत्रका वडाध्यक्षहरुलाई नेतृत्वका सवालमा आएका समस्या समाधानका लागि जिम्मेवारी सुम्पिए पनि उपलब्धि भने भएको छैन । अहिले त्यस क्षेत्रमा रहेका खानेपानी संस्था नेतृत्वविहीन बन्दै गएका छन् ।।

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्