२०८२ बैशाख ११ गते बुधवार

दाङमा थप २३ सय हेक्टरमा सिंचाई पूर्वाधार



९ भदौ, घोराही –
दाङमा थप २ हजार ३ सय हेक्टर खेतीयोग्य जमिनमा सिंचाई व्यवस्थापनका लागि पूर्वाधार निर्माण भएका छन् । सिंचाई व्यवस्थापन र संरक्षण योजना निर्माण गर्दै आएको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले दाङमा थप २ हजार ३ सय हेक्टर जमिनमा सिंचाई पु¥याउने गरी पूर्वाधार निर्माण गरेको जनाएको छ ।

दाङमा सिंचाई पूर्वाधारको विकासका लागि आर्थिक वर्ष ०७७/७८ मा एक सयभन्दा बढी योजनाहरू सम्पन्न गरिएको डिभिजन कार्यालयका प्रमुख इन्जिनियर गणेश मरासिनीले जानकारी दिनुभयो । जिल्लामा रहेको २ हजार ३ सय २२ हेक्टर जमिनमा बाह्रै महिना सिंचाई सुविधा पु¥याउने गरी उक्त पूर्वाधारहरू निर्माण गरिएको कार्यालयको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष ०७७/७८ मा सम्पन्न ११३ वटा क्रमागत सिंचाई योजनाअन्तर्गत १ हजार ३२ हेक्टर सिंचाईयोग्य जमिनमा सिंचाई सुविधा पु¥याउने गरी पूर्वाधारहरू विकास गरिएको छ । यस्तै १ हजार २ सय ४५ हेक्टर जमिनमा सिंचाई सुविधाका लागि ८३ वटा योजनाहरूको मर्मत, सुधार तथा विस्तारको योजनाको कार्यसम्पन्न गरिएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्