९ भदौ, काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्। पार्टीको स्थायी कमिटी बैठकका निर्णयहरूबारे जानकारी गराउन तथा अन्य समसामयिक राजनीतिक विषयमा स्पष्ट पार्न ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन्।
आजै दिउँसो माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगले दल दर्ताका लागि सनाखत गर्न समय छुट्याएको छ। त्यसअघि अध्यक्ष ओलीले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राख्न लागेका हुन्।
विगतमा नेपाल समूहमा रहेका १० जना स्थायी कमिटी सदस्य मंगलबारदेखि एमालेको बैठकमा सहभागी भएका थिए। सो बैठकमा पार्टीका संरचना २ जेठ, २०७५ को अवस्थामा फर्काउने सहमति भएको छ ।
मंगलबारको बैठकमा नेपाल समूहमा रहेका १० जना स्थायी कमिटी सदस्यका साथै माओवादी केन्द्रबाट एमालेमा गएका नेताहरू समेत सहभागी थिए।