२०८१ माघ २६ गते शनिवार

कोरोना अस्पताल बेलझुण्डिमा ८ महिला र ८ पुरुष भर्ना



९ भदौ, घोराही –
कोरोना विशेष अस्पताल बेलझुण्डिमा हाल १६ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । जसमा आठ जना महिला र आठ जना पुरुष रहेको अस्पताल व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो । अस्पतालमा भर्ना भएका मध्ये घोराहीका ३ जना, तुलसीपुरका ४ जना, लमहीका ६ जना, बबईका २ जना र एक जना जिल्ला बाहिरका रहेको उहाँले जानकारी दिनुभयो ।

कोरोना माहामारीको दोस्रो लहर सुरु भएसंगै अस्पतालमा हाल सम्म एक हजार २३ जना संक्रमित भर्ना भएकोमा ९२ जनाको अस्पतालमा निधन भएको छ । अस्पतालका व्यवस्थापक वलीका अनुसार ती मध्ये ८ सय ७७ जना भने निको भईसकेका छन् ।।

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्