९ भदौ, घोराही –
दाङमा अटो रिक्सामा यात्रुले छोडेका ५० हजार रुपैयाँसहितको झोला फिर्ता गर्ने चालक पुरस्कृत भएका छन् । घोराही उपमहानगरपालिका १८ गिठेपानीका रा १ ह २५८७ नम्बरको अटो चालक प्रेमबहादुर नेपालीले आफ्नो अटोमा यात्रुले छोडेका ५० हजार रुपैयाँसहितको झोला प्रहरीलाई बुझाउनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही १५ का ८३ वर्षीय दुर्गाप्रसाद अधिकारीले नेपालीको अटोमा रकमसहित झोला छाड्नुभएको थियो । अटो चालक नेपालीले रकम सहितको उक्त झोला धनीको नाम ठेगाना थाहा नभएका कारण वडा प्रहरी कार्यालयमा बुझाउनु भएको हो ।
इमान्दारिता पूर्वक रकमसहितको झोला प्रहरीलाई बुझाएको भन्दै चालकलाई अधिकारीले पाँच हजार पुरस्कार दिनुभएको छ ।।