२०८१ चैत्र १० गते आइतवार

अण्डा उत्पादनमा मुलुककै तेस्रो स्थानमा दाङ



९ भदौ,घोराही –
दाङ अण्डा उत्पादनमा मुलुककै तेस्रो अग्रणी स्थानमा परेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा दैनिक एक लाख पाँच हजार र वार्षिक तीन करोड ७८ लाखबढी अण्डा उत्पादन हुँदै आएको छ ।

उत्पादन भएका अण्डामध्ये ७५ लाख ६० हजार अण्डा जिल्लामा खपत हुँदै आएको छ भने तीन करोड २४ लाख ४० हजार अण्डा वार्षिकरुपमा निर्यात हुँदै आएको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

उत्पादित अण्डा लुम्बिनी र कर्णाली प्रदेशसम्म निर्यात हुँदै आएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. वेदप्रसाद केसीले बताउनुभयो । केसीका अनुसार दाङ अण्डा तथा पोल्ट्री क्षेत्रमा लगानी भएको लुम्बिनी प्रदेशकै ठूलो र मुलुकको तेस्रो जिल्लामा परेको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्