२०८१ चैत्र ११ गते सोमवार

माओवादी केन्द्रमा प्रवक्ताकाे जिम्मेवारी महरालाई



९ भदौ, काठमाडौं – नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मा कृष्णबहादुर महरालाई दिईएको छ ।

साथै प्रकाशन तथा प्रसारण विभागको प्रमुख तथा राष्ट्रिय सुरक्षा विभागको प्रमुख समेत महरालाई बनाईएको छ । यस्तै संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राजकीय मामला तथा सु्शासन विभाग प्रमुखमा रेखा शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै प्राध्यापक सम्बद्ध संगठनहरुको ईञ्चार्जमा नारायण शर्मा, केन्द्रीय कार्यालयको ईञ्चार्जमा बर्षमान पुनलाई प्रदान गरिएको छ । केन्द्रीय समितिको बैठकले उनीहरुलाई जिम्मेवारी दिएको हो ।

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्