२०८१ जेष्ठ ३० गते बुधवार

दाङमा तीन वर्षको अवधिमा ८ सय बढी महिला हराए



९ साउन, दाङ –
दाङमा महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार बितेको तीन वर्षको अवधिमा दाङमा ८ सय बढी महिला हराएका छन् ।

आर्थिक वर्ष २०७६/२०७७ देखि बितेको आर्थिक वर्षसम्ममा जिल्लामा ८ सय ५४ महिला हराएको देखिएको छ । तीन वर्षमा हराएमध्ये ६ सय ३७ जना सम्पर्कमा आएका छन् भने १३७ जना अझै सम्पर्कबिहिन भएको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७६/२०७७ मा २०० जना, आर्थिक वर्ष २०७७/२०७८ मा ३०१ जना र बितेको आर्थिक वर्ष २०७८/२०७९ मा ३५३ जना महिला हराएको निवेदन दाङ प्रहरीमा परेको छ ।

महिला हराएको तथ्यांक डरलाग्दो देखिएपनि अधिकांश महिला दोस्रो बिहे गरेर जाने गरेको देखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले बताउनुभयो ।।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्