२०८१ असार ६ गते बुधवार

७०२ स्थानीय तहले ल्याए नीति तथा कार्यक्रम र बजेट



११ असार,  दाङ –
देशका ७५३ मध्ये ७०२ स्थानीय तहले नयाँआर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् । उनीहरूले आ–आफ्नो गाउँनगर सभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेका हुन् ।

नेपाल नगरपालिका संघले २९३ मध्ये २६७ नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट पेश गरेका जनाएको । २६ नगरपालिकाको बजेट आउन बाँकी छ ।

गाउँपालिका महासंघका अनुसार ४६० मध्ये ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट गाउँसभामा पेश गरेका छन् । बाँकी २५ मध्ये ६ वटा गाउँपालिकामा सम्पर्क नै हुन नसकेको महासंघले जनाएको छ । १९ गाउँपालिकामा भने सभाको अधिवेशन नै सुरु भएको छैन ।

बजेट पेस गर्न नसकेका पालिकाहले केही दिनमै सभा सुरु गर्ने जानकारी प्राप्त भएको महासंघको भनाइ छ । नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले नीति तथा कार्यक्रम र बजेट तयारीका लागि छोटो समय रहेका कारण केहीले बजेट ल्याउन नसकेको महासंघले जनाएको छ ।।

प्रकाशित मिति : २०७९ असार ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस्