२०८१ असार २ गते शनिवार

सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु



११ असार, कैलाली –

सिँचाइ गर्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ।

भजनी नगरपालिका-६ का अन्दाजी ३२ वर्षीय परदेशी डगौराकाे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार शुक्रबार साँझ खेतमा रोपाईँ गर्न सिँचाइ गर्ने क्रममा डगाैरालाई करेन्ट लागेको हाे।

घाइते उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित मिति : २०७९ असार ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस्