२०८१ फाल्गुन ४ गते आइतवार

कपुरकोट गाउँपालिकाद्धारा अभिभावक विहीन बालवालिकालाई आर्थिक सहायता

कोभिडबाट मृत्यु भएका परिवारलाई राहत


११ असार,सल्यान –
सल्यानको कपुरकोट गाउँपालिकाले आमाबाबु दुबै गुमाएका वालवालिकालाई १५ वर्षको उमेर सम्म मासिक पाँच सय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७८/०७९ को तीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले कुनैपनि संरक्षक नरहेका बालवालिकाहरुको स्याहारका लागि टेवा पुर्याउने उद्देश्यले आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रम अघि सारिएको बताए । सम्बन्धीत वडाको सिफारिस अनुसार गाउँपालिकाले निर्णय गरेर सहायता उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कपुरकोट गाउँपालिकाको नवौँ गाउँसभालेकोभिड १९ नियन्त्रण तथा कोभिडवाट श्रृजित संकट व्यवस्थापनमा जोड दिदै कोरोना संक्रमणका कारण मृत्यु भएका ब्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने कार्यक्रम पनि पारित गरेको छ । कोरोना संक्रमणबाट मृत्यु भएमा राहत स्वरुप २५ हजार रुपैयाँ मृतकको परिवारलाई राहत स्वरुप उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए ।

यस्तै डिप्लोमा ३ वर्षे कार्यक्रम प्राविधक शिक्षालयको नयां सम्वन्धन लिन चाहाना गर्ने सामुदायिक विद्यालयहरुलाई गांउपालिकाले आवश्यक भौतिक सुधारको लागि एकमुष्ट रु ३ लाख अनुदान दिने व्यवस्था गरीने खड्काले बताए । एक घर एक धारा, करेसावारी निर्माण र कम्तिमा १० वटा फलफुल विरुवारोपन कार्यक्रमको लागि प्रोत्साहन कार्यक्रम पनि कपुरकोट गाउँपालिकाले अघि सारेको छ ।
आर्थिक तथा सामाजिक विकास, भौतिक पूर्वाधार विकास, वन वातावरण तथा विपद् ब्यवस्थापन, सुशासन तथा संस्थागत विकास लगाएतका क्षेत्रलाई कपुरकोटको नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।

यस्तै स्थानिय संचारकर्मी, संचारगृह, पत्रकारीताको संस्थागत विकास एवं क्षमता विकासको लागि आपसी समन्वय र सहकार्य गर्ने एवम् गांउपालिकामा स्थापना भएका एफएम रेडियाकोे सेवा विस्तारमा आवश्यक सहयोग गरी कृषकको लागि उपयुक्त तरकारी खेति, पशुपालन, नर्सरी स्थापना जस्ता कृषक लाभन्वित हुने कार्यक्रम उत्पादन तथा प्रशारणका लागि आवश्यक वजेटको व्यवस्था गरीने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष सेनले आगामी आर्थिक वर्षको लागि ४७ करोड ५५ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट अनुुमानको सारांश पनि गाउँसभामा प्रस्तुत गरेको थिए । नवौँ गाउँसभाको दोश्रो बैठक मंगलबार बस्दै छ । उक्त बैठकमा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले विस्तृत बजेट विवरण तथा कार्यक्रमहरु सार्वजनिक गर्नेछिन् ।

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्