२०८१ असार २ गते शनिवार

गठबन्धनलाई हराउँदै तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी

११ जेठ, दाङ — सत्ता गठबन्धनलाई पराजित गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा टीकाराम खड्का ३ हजार ६ सय ९१ मतान्तरले विजयी भएका छन् । खड्काले ३१ हजार ४ सय ८ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरेका छन् ।

खड्का एमाले पूर्व जिल्लाअध्यक्ष हुन् । उनी किसान नेताका रूपमा परिचित छन् । लामो समयदेखि राजनीतिमा क्रियाशील रही पहिलोपटक निर्वाचनमा होमिने अवसर पाएका हुन् । कांग्रेस केन्द्रीय सदस्य गिरी २०७४ को निर्वाचनमा पनि प्रमुखमा प्रतिस्पर्धा गरी पराजित भएका थिए । ०७४ मा एमालेका घनश्याम पाण्डे २२ हजार ८ हजार ५७ मतका साथ विजयी भएका थिए भने गिरीले १८ हजार ९ सय ३ मत प्राप्त गरेका थिए ।

२०७४ मा एमालेले दुई उपमहानगरपालिका र एक नगरपालिका र चार गाउँपालिका जितेको थियो । कांग्रेसले तीन गाउँपालिका जितेको थियो भने माओवादी केन्द्रले एक गाउँपालिका मात्रै जितेको थियो । अहिले एमालेले चार पालिका गुमाएको छ भने कांग्रेस र माओवादी केन्द्रले दुई/दुई पालिका बढाएका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस्