२०८१ असार ६ गते बुधवार

घोराहीको मेयरमा एमालेबाट चौधरीकोे उम्मेदवारी दर्ता




१२ बैशाख, घोराही –
नेकपा एमालेबाट घोराही उपमहानगरको प्रमुख पदमा नरुलाल चौधरीले मनोनयन दर्ता गराउनुभएको छ । एमालेबाट प्रमुख पदमा चौधरी र उपप्रमुख पदमा हुमा डिसीले उम्मेदवारी दिनुभएको हो ।

एमालेबाट उम्मेदवार बनेका चौधरी र डिसीले घोराहीमा निर्वाचन अधिकृतको कार्यालयामा पुगेर चार बजे मनोनयन दर्ता गराउनुभएको हो । ०७४ सालको निर्वाचनमा २२ हजार मत प्राप्त गर्दै विजयी हुनुभएका चौधरी पुनः मेयरको दोहोरीनुभएको छ । उहाँले आइतवार नै उपप्रमुख सीता सिग्देल न्यौपानेलाई राजिनामा पत्र बुझाउनुभएको थियो ।

एमालेबाट मेयरको पदमा उपप्रखुमा सिता सिग्देल न्यौपानले दाबी गर्दै आउनुभएको थियो । तर अन्नतः चौधरीले नै मेयरका टिकट पाउनुभयो । उहाँ एमालेका महासचिव शंकर पोख्रेल निकटका हुनुहुन्छ

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्