१२, वैशाख धनगढी-
कैलालीको लम्की चुहा नगरपालिकामा नेपाली कांग्रेसले एउटै पालिकामा दुईजनालाई टिकट दिएको खुलेको छ । गठबन्धन गर्दा उक्त पालिका नेपाली कांग्रेसकाे भागमा परेकाे थियाे ।
पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुशीला शाहीलाई र प्रदेश सभापति वीरबहादुर बलायरले भक्त थापालाई टिकट दिएको खुलेको छ ।
उनीहरु दुवैजनाले आफू आधिकारिक उम्मेदवार भएको दाबी गरिरहेका छन् । दुबैकाे दावी पछि अहिले लम्कीमा विवाद चलिरहेकाे छ ।
मनोनयन दर्ताकै दिन दुवैजनाले आफूलाई आधिकारिक उम्मेदवार भनेपछि विवाद पैदा भएको छ। यता, नगर कार्यसमितिले भने टिकट दिने अधिकार भएको व्यक्तिबाट पाएको टिकटलाई आधिकारिक मानिने जनाएको छ ।