२०८१ जेष्ठ ३० गते बुधवार

चौतर्फी विरोधपछि पोखरामा एमाले उमेदवार पौडेलको टिकट खोसियो



१२ बैशाख, घोराही –
नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरको टिकट खोसेको छ । यसअघि बसेको सचिवालय बैठकले मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको थियो ।

तर चौतर्फी विरोधपछि पौडेलको टिकट खोसिएको बताइएको छ । एमालेले कृष्ण थापालाई मेयरको उमेदवार बनाउने निर्णय गरेको स्रोतले जानकारी दियो । थापाले पनि सामाजिक सञ्जालमा सबैलाई मनोनयनमा उपस्थित हुनका लागि अनुरोध गरेका छन् ।।

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्