२०८२ बैशाख १० गते मङ्गलवार

वडाध्यक्ष र सचिवमा कोरोना देखिएपछि तुलसीपुरका दुई वडा कार्यालय सिल



१२ बैशाख,घोराही ।
जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण देखीएपछि तुलसीपुर उपमहानगरपालिकाका दुई वटा वडा कार्यालयलाई सिल गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० र १२ को वडा कार्यालयलाई आजदेखी सिल गरिएको हो । वडा नम्वर १० का वडा अध्यक्ष र वडा सचिवलाई कोरोना पोजेटिभ देखीएपछि वडा कार्यालय तिन दिनका लागी बन्द गरिएको हो ।

वडा अध्यक्ष र सचिवको घरपरिवारलाई समेत कोरोना पुष्टि भएको छ । उहाँहरु अहिले होम आईसोलेसनमा बसेको कोराना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभएको छ । उहाँका अनुसार तुलसीपुर १२ को वडा कार्यालयलाई पनि आज देखी एक हप्ता सम्मका लागी बन्द गरिएको छ । वडा कार्यालयका कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय सिल गरिएको उहाले जानकारी दिनु भएको छ । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमणको जोखिमलाई मध्येनजर गदै वडा कार्यालय बन्द गरिएको हो ।।

 

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्